ट्रकले मोटरसाइकललाई ठक्कर दियो, उपचार गरेर फर्किँदै गरेका मेहताको मृत्यु

इनरुवा- सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख १४५ नम्बरको ट्रकले को२२प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो ।
नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रेकले ठक्कर दिएको थियो । मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ
विदेशमा सीप सिकेर स्वदेश उद्यमी

तीन घरमा हात्तीले गर्यो क्षति

प्रतिक्रिया