साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै

काठमाडौँ- काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह 'ए' अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि शुरु हुने छ । नेपाल र बंगलादेश समुह 'ए'बाट सेमिफाइनलमा पुगिसकेका छन् ।
दुवैले आ-आफ्नो खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । आजको विजेताले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ ।
त्यस्तै समुह 'बी'मा भने भारत र भुटानले एक एक खेल जितेका छन् । भारतले भुटानलाई र भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह 'बी'बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह 'ए'बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह 'बी'मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया