हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक

काठमाडौँ- हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं-तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहकहरूको दशैं-तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखि एक जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ ।
हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. १० लाखसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्ड मार्फत थप रु.१ लाखसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।
आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछन् । नाडा अटो शो २०२४ मा हुन्डाईको A*2 स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् ।
सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।
यसै अवसरमा हालै चलिरहेको 'हुन्डाइ टेस्ट ड्राइभ एण्ड वीन' क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरी रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सकिनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १६ शोरुमहरू, १९ सर्भिस सेन्टरहरू तथा ४३ं चार्जिङ पोइन्ट मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ ।
यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरी करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

टीभीएस मोटर र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनाए

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न, प्रिन्स पटेल विजयी

होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन हुने

प्रतिक्रिया