असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्नहरू भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्नहरू भइरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेहरूले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् । सबै कुराहरूलाई ध्यानमा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको र छोटो अवधिमा पनि सकारात्मक परिणामहरू देखा पर्न थालेको उनले बताए ।
अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउनका लागि गम्भीर भएर काम गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दत्तचित्त भएर लागेको बताए । नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेको दलहरू अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रह समेत गरे । भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शून्य सहनशिलतामा साथ अघि बढ्ने उनले बताए ।
उनले भ्रष्टाचारसम्बन्धी विषयलाई प्रचारबाजीको रूपमा नभई तथ्यका आधारमा निर्मूल पार्ने जिकिर गरे । ओलीले अहिलेको सरकारले देखावटी नभइ परिस्थितिमा सकारात्मक परिणाम दिने उद्देश्यका साथ अघि बढेको जिकिर गरे ।
यस्तै प्रधानमन्त्री ओलीले मनसुनका कारण प्रभावितहरूलाई राहत, पुनःस्थापनाका साथै अन्य कामहरू सरकारी तवरबाट भएको जानकारी दिए । उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको जनाए । घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पुँजीबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए ।

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया