टीआरसी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पारित गरियोस् भन्ने राखेको प्रस्तावलाई राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रिय सभाले पारित गरेसंगै अब यसको सन्देश प्रतिनिधि सभामा सुनाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने व्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक राजपत्रमा प्रकाशित भएसँगै कानुनका रूपमा कार्यान्वयनमा आउने छ ।

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया