कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र सुदूरपश्चिम केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया