निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले गर्दैन - अर्थमन्त्री पौडेल

काठमाडौँ - उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले नगर्ने स्पष्ट पारेका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई कटौती गर्ने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पारेका हुन् ।
सरकारले सरकार, निजी क्षेत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उनले बताए । उनले वर्तमान सरकार संसदको अहिलेसम्मकै बलियो सरकार भएकाले भन्दै सरकारमा रहेका प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको जिकिर गरे ।
विभिन्न नीतिगत विषयमा निजी क्षेत्रको असन्तुष्टि देखिएको सन्दर्भमा त्यसलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको उनले बताए । पौडेलले पूँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताए ।
बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको भन्दै उनले लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियारको अनुसन्धानको दायरामा राख्न खोजिएको भन्दै आपत्ति जनाए । यसका कारण पूर्वाधार, कलकारखानादेखि हरेक क्षेत्रमा ब्रेक लाग्न सक्ने उनले बताए । त्यस्तै उनले बैंकहरूमा लगानी गर्नेले अरु क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्थाले आर्थिक गतिविधिमा नै प्रभाव पार्ने उल्लेख गरे ।
कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिकालाई समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिएका थिए ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया