शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

एमएडब्लु ग्रुपले सार्वजनिक गर्‍यो प्रिमियम इभी नामी, के-के छन् विशेषता ?

काठमाडौँ- नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरूको पोर्टफोलियोमा नयाँ इभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक इभी सेग्मेन्टमा यो इभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको छ ।

नामीलाई काठमाडौँमा आयोजना गरिएको फेसन इभेन्टमा सार्वजनिक गरिएको हो, जसले उसको ट्यागलाइन ‘द बिग ह्याच विथ फाइभ स्टार लक्जरी’ लाई न्यायोचित गरेको कम्पनीले जनाएको छ । स्टाइल र सफोस्टिकेसनको समीश्रण भएको नामी युनिक मात्र होइन ग्ल्यामरस पनि रहेको स्पष्ट गरिएको छ ।

द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

डोंगफेंग नामले नेपालको इभी ह्याचब्याक सेग्मेन्टलाई पुनः परिभाषित गर्नेछ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् ।

नामी किन ‘बिग’ ?

४०३० एमएमको लम्बाई, १८१० एमएमको चौडाइ र १५७० एमएम उचाइ तथा २६६० एमएम ह्विलबेस भएको नामी सेग्मेन्टकै सबैभन्दा ठूलो ह्याचब्याक हो । १७ इन्चको टायरले यसको सौन्दर्यलाई बढाउनुका साथै एसयुभीको जस्तो स्वरुप दिएको छ । साथै यसमा विस्तार गर्न मिल्ने क्याबिन छ जसले सबै यात्रुका लागि पर्याप्त स्पेस र कम्फर्ट प्रत्याभु गर्नेछ । 

नामी किन लक्जरियस ?

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग  टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ । 

यसको लक्जरियस इन्टेरियर दुई वटा कलर ब्ल्याक एन्ड ह्वाइट र ब्ल्याक एन्ड ग्रेमा उपलब्ध छ । स्लिक डिजाइन, स्पेसियस इन्टेरियर र कटिंग एड्ज प्रविधिले भरिएको नामी अद्वितीय ड्राइभिंग एक्सपिरियन्स र हेड टर्नका लागि डिजाइन गरिएको हो । यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको सुरुवाती मूल्य क्रमसः २९.९९ लाख, ३१.९९ लाख र ३४.९९ लाख रुपैयाँ रहेको छ । 

नामीको इन्टेरियर लक्जर र कम्फोर्टको समीश्रण हो । यसको क्याबिनमा प्रिमियम लेदर सिट, हाई क्वालिट डबल डी डिजाइन स्टेरिंग ह्विल, १२.८ इन्चको एचडी डिस्प्ले जस्ता फिचर छन् । यसमा प्रयोग भएको वायरलेस चार्जर, टापु जस्तो देखिने आर्मरेस्ट र ९४५ लिटरसम्म फैलाउन सकिने बुट स्पेस तथा डबल साइज बेडमा परिणत गर्न सकिने इन्टेरियरले कारको कन्भिनियन्सलाई अब्बल बनाएको छ । यसमो फुल्ली अटोमेटिक पार्किंग सिस्टम, तीन ड्राइभिंग मोड (नर्मल, इको र स्पोर्ट) र ३६० डिग्री क्यामेराले सुरक्षा र कन्फिडेन्स दुवैलाई बेजोड बनाएको छ । 

सेग्मेन्टकै उत्कृष्ट फिचर

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरू रहेका छन् । यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ । 

बेस्ट इन क्लास सेफ्टी फिचर

डोंगफेंग नामीमा बेजोड सुरक्षा व्यवस्था गरिएको छ । यसमा एडाप्टिभ क्र्युज कन्ट्रोल, फवार्ड कोलिजन वार्निग, अटोमेटिक इमर्जेन्सी ब्रेकिंग, लेन किपिंग असिस्ट, लेन डिपार्चर वार्निंग र ट्राफिक साइन रेकगिनसन जस्ता लेभल २ एडाससहितको अत्याधुनिक सुरक्षा फिचर रहेका छन् । फाइभ स्टार एनसीएपी रेटिंग पाएको नामीमा उच्च स्तरको क्र्यास प्रोटेक्सन र सुरक्षा व्यवस्था रहेको छ । यसको प्योर इभी क्वान्टम र आर्किटेक्चरले यसको सुरक्षा र सुविधालाई थप राम्रो बनाएको छ । 

पर्फमेन्स र इफिसेन्सी

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क उत्पन्न गर्छ । यो नयाँ इभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ जसको रियल लाइफ रेन्ज चार सय ३० किलोमिटर (सीएलटीसी) रहेको छ । नामीको पर्फमेन्सलाई यसका इन्टेलिजेन्ट फिचरले अझ परिस्कृत बनाएको छ जसले सिटी ड्राइभिंगका लागि यसलाई बेजोड बनाउनेछ । 

डोंगफेंगबारे 

सन् १९६९ मा स्थापना भएको डोंगफेंग चीनको प्रतिष्ठित ‘बिग फोर’ अटोमोबाइल निर्मातामा पर्छ । ५५ वर्षको अटोमोबाइल निर्माणको अनुभव बोकेको डोंगफेंगले आफूलाई चीनको सबैभन्दा ठूलो र प्रभावशाली निर्माताका रुपमा स्थापित गरेको छ । विश्वको टप १८८ कम्पनीका रुपमा आफूलाई उभ्याएको यो कम्पनी १०० भन्दा बढी मुलुकमा आफ्नो आविष्कारिक र विश्वासिलो कारहरूमार्फत निरन्तर रुपमा विस्तार भइहेको छ । 

एमएडब्लु ग्रुपबारे 

अटोमोबाइल र यससँग सम्बन्धित क्षेत्रमा ६० वर्ष लामो अनुभव बोकेको एमएडब्लु ग्रुप नेपालका लागि परिचित नाम हो । १२ वटा डिभिजनमार्फत करिब दुई दर्जन अन्तर्राष्ट्रिय ब्रान्डलाई प्रतिनिधित्व गर्ने एमएडब्लु ग्रुप नेपालको दोस्रो ठूलो अटोमोबाइल ग्रुप हो । तीन सय ५३ सेल्स र एफ्टरसेल्स नेटवर्क भएको एमएडब्लु ग्रुप नेपाली बजारमा विश्वस्तरीय अटोमोबाइल र बिक्रीपछिको सेवा उपलब्ध गराउन प्रतिबद्ध छ । नेपालमा यो समूहले यामाहा, जिप, जेसीबी, स्कोडा, फोटोन, सेरेस र चांगान जस्ता ब्रान्डको प्रतिनिधित्व गर्छ । 

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो …

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्…