बर्दिवास र औरही सीमा नजिक वडाध्यक्ष मृत फेला

महोत्तरी- महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन ।
मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका घरबाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकबाट रगत वगेको, तिघ्रामा चोट पटक र केही निलडामसमेत देखिएको छ ।
अहिले घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेको छ । घटनाको थप रहस्य पोष्टमार्टमपछि मात्र एकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

प्रतिक्रिया