सल्यानी माइलाले ल्याए ‘आमा र ईश्वर’

काठमाडौँ- लेखक समीर शाह (सल्यानी माइला)को खण्डकाव्य ‘आमा र ईश्वर’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित लोकार्पण कार्यक्रममा पूर्वमन्त्री तथा पूर्वराजदूत नीलाम्बर आचार्यलगायतले पुस्तकको लोकार्पण गरे ।
आमा नै ईश्वर हुन् र ईश्वर नै आमा हुन् भन्दै लेखकले आफ्नो पुस्तक आमामा समर्पित गरेका छन् । आफ्नी आमाको सम्झना गर्दै लेखकले भूकम्प, रुस–युक्रेन युद्धदेखि कोरोना संक्रमणसमेतलाई विषय बनाएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले लेखक शाहको खण्डकाव्यको प्रशंसा गरे । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, भाषा आयोगका सदस्यद्वय उषा हमाल र अमर गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य मधुसूदन गिरी, पूर्व सदस्य सचिव जगत् उपाध्याय प्रेक्षित्लयायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले शाहको पुस्तकका केही अंश गाएका थिए । मध्यपश्चिम साहित्य परिषद्को अध्यक्षसमेत रहेका शाहको खण्डकाव्य यही संस्थाले प्रकाशन गरेको हो ।
यसअघि ‘मृत बस्ती’ कविता संग्रहसहित दुई उपन्यास ‘परिदृश्य’ र ‘कुहिरो र क्षितिज’ प्रकाशन गरेका शाह सल्यानमा जन्मेका हुन् । एमए, बीएससी, बीएल गरेका शाह भक्तपुरको लोकन्थलीमा युनिक नेपाल एकेडेमीका संस्थापक अध्यक्ष र अध्यापक हुन् ।

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

प्रतिक्रिया