इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ : इटालीले नेपाललाई कोभिड-१९विरुद्ध लड्नका लागि २० वटा भेन्टिलेटर, ६००० आइसोलेसन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स सहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरिन् ।
उक्त अवसरमा टिम युरोपको तर्फबाट जर्मनी र फ्रान्सका राजदूतहरू पनि उपस्थित थिए । यसअघि युरोपेली युनियनका स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले सहयोग गरिसकेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको नेपालस्थित युरोपेली युनियनको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया