फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर

काठमाडौँ- निर्माता अर्जुन कुमारले आफ्नो आगामी फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरेका छन् । यसअघि असोज १७ गते अर्थात् घटस्थापनामा आउने भनिएको फिल्म अब एक हप्ता अगाडि नै प्रदर्शन हुने भएको छ ।
आइतबार एउटा पोस्टरमार्फत् आगामी असोज ११ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । अब घटस्थापनाको अर्को फिल्म ‘बेहुली फ्रम मेघौली’ सोलो रिलिज हुने भएको छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ भने राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी लगायतको पनि अभिनय छ । यो फिल्ममा सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन छ ।
राजधानी मिडिया एड प्रोडक्सन एवं प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको फिल्मका कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् । यसअघि सन् २००८ मा पनि ‘सानो संसार’ शीर्षकमा फिल्म बनेको थियो । सोहि शीर्षक सापटी लिएर भिन्न कथामा निर्माता कुमारले फिल्म बनाएका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया