नेप्सेमा पहिरो, ७९.८८ अंकको गिरावट

काठमाडौँ - नेप्सेमा आज ठुलो गिरावट आएको छ । आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।
आइतबार ३३३ कम्पनीको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यमा खरिद बिक्री भएका छन् ।
त्यस्तै आज वीन नेपाल लघुवित्त, उपकर लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज मन्दाकिनी हाइड्रोको सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज अपिकै सबै भन्दा बढी २२ लाख ७८ हजार ७८७ कित्ता सेयर कारोबार भएको छ ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया