अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न आग्रह गरेका छन् ।
अरुण तेस्रो जलविद्युत् आयोजनाका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर उक्त आयोजनामा भएको ढिलासुस्तीलाई चाँडो सम्बोधन गर्न आग्रह गरेका हुन् ।
सङ्खुवासभाबाट निर्वाचित सांसदसमेत रहेका मन्त्री खड्काले उक्त आयोजना चाँडो निर्माण भएमा सङ्खुवासभालगायत पूर्वी जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गरे ।
उनले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले उक्त लक्ष्यलाई पूरा गर्न यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नुपर्ने बताए । ऊर्जामन्त्री खड्काले परियोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न सरकारले पहल गर्ने बताए ।

प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैनः नैनस…

खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

प्रतिक्रिया