ह्यारिस अभियानद्वारा एक महिनामा ५४ करोड डलर संकलन

काठमाडौँ - कमला ह्यारिसको अमेरिकी राष्ट्रपति अभियानले आइतबार एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा संकलन गरेको बताएको छ । यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।
राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा ह्वाइट हाउसको दौडबाट बाहिरिएर ह्यारिसलाई समर्थन गरेपछि र ह्यारिसले आफ्नो अभियान सुरु गरेपछि ५४ करोड डलरको आश्चर्यजनक राशि उनी रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निर्वाचनको दिन नोभेम्बर ५ का लागि अन्तिम १० साताको दौडमा सहभागी भएपछि संकलन भएको हो ।
ट्रम्पले अगस्टको प्रारम्भमा ३२ करोड ७० लाख डलर संकलन भएको सूचना दिएका थिए ।
“हामीले आधिकारिक रूपमा ५० करोड डलरको आँकडा पार गरेका छौँ”, बिहीबार आफ्नो पार्टीको मनोनयन स्वीकार गर्न डेमोक्रेटिक नेसनल कन्भेन्सनको मञ्चमा आउनुभन्दा ठीकअघि अभियानका अध्यक्ष जेन ओ’माली डिलनले मेमोमा भने ।
“उहाँको भाषणलगत्तै हामीले सुरुआतको दिनदेखि पैसा जुटाउने सबैभन्दा राम्रो समय देखेका छौँ”, उनले भने, “आफ्नो अभियान सुरु गरेको केवल एक महिनाभन्दा बढी समयमा टिम ह्यारिस–वाल्जले ५४ करोड जुटाउनुभएको छ, यो इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।”
उक्त राशि अभियानले डेमोक्रेटिक नेसनल कमिटी र संयुक्त कोष संकलक समितिहरूमार्फत उठाइएको पैसालाई प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख छ ।
ती चन्दामध्ये एक तिहाई पहिलोपटक योगदानकर्ताहरूबाट भएको ओ’माली डिलनले जानकारी दिए । ह्यारिस अभियानले ठूला र साना चन्दादाताहरूलाई समान रूपमा सक्रिय बनाएको जस्तो देखिन्छ ।
रासस

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया