जसपा नेपालले छान्यो पदाधिकारी, रकम चेम्जोङ बने सहअध्यक्ष

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी टुङ्ग्याएको छ । गत जेठ २८ गते सुरु भएर ३० गते सम्पन्न भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतीले चयन गरेको थियो ।
जसपा नेपालले सहअध्यक्षको जिम्मेवारी रकम चेम्जोङलाई दिएको छ । त्यस्तै, उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्य चयन भएका छन् । सहसचिवको जिम्मेवारी लालबाबु राउत र रामकुमार शर्माले पाएका छन् ।
त्यसैगरी, उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की, रेखा यादव, प्रवक्तामा मनिष कुमार सुमन, सचिवहरूमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा र कमरुद्धीन राई, कोषाध्यक्षमा सुनिताकुमारी साह चयन भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया