चीनमा राजनीतिक व्यवस्थामा सुधार ल्याउन श्वेतपत्र जारी
बेइजिङ : चीनले आफ्नो राजनीतिक व्यवस्थालाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार 'चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श' नामको श्वेतपत्र सार्वजनिक गरेको हो ।
श्वेतपत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबूत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगीकार गरिने उल्लेख छ । यस प्रणालीमा चिनियाँ कम्युनिस्ट पार्टीका अलावा देशमा अरु आठ वटा राजनीतिक दल रहने छन् जसमा रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ, चाइना डेमोक्रेटिक लिग, चाइना नेसनल डेमोक्रेटिक कन्स्ट्रक्सन एसोसिएसन, चाइना एसोसिएसन फर प्रमोटिङ डेमोक्रेसी, चाइनिज पिजेन्ट्स एन्ड वर्कर्स डेमोक्रेटिक पार्टी, चाइना झी गोङ पार्टी, जिसान सोसाइटी र ताइवान डेमोक्रेटिक सेल्फ–गभर्मेन्ट लिग रहेका छन् ।
सिपिसीले यस प्रणाली मातहत कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका विशिष्ट व्यक्तिलाई पनि समेट्ने छ । श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले राज्यशक्तिको परिचालन गर्ने र अन्य दलहरुले सिपिसीको नेतृत्वमा बहुदलीय सहकार्यको प्रणाली निर्माण गर्ने उल्लेख छ ।
चिनियाँ शैलीको नयाँ मोडेलको संज्ञा दिइएको पछिल्लो व्यवस्था अपनाउने सिलसिलामा अन्य मुलुकको सिकाई र उनीहरुका राजनीतिक प्रणालीका उपलब्धिलाई आत्मसात गरिएको श्वेतपत्रमा उल्लेख छ ।

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया