भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ (भिडियो)

काठमाडौं- कृष्णाष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ ।
यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् । अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले यसअघि नै दर्शक तथा स्रोताको मन जितिसकेका छन् ।
पिर हरिदेउ’ भजन काठमाडौंस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिरमा छायांकन गरिएको हो ।
भजनको भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन सुवर्णकुमार श्रेष्ठ तथा रञ्जन कार्कीले संयुक्त रुपमा गरेका छन् । भजनको रेकर्डिङमा अमेरिका निवासी किशोर सिवाकोटीले सहयोग गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया