शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

२०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन्छ : मन्त्री भण्डारी

फाइल फोटो

काठमाडौँ - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा सरकार अन्त्यन्त संवेदनशील रहेको बताएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री भण्डारीले आजको नेपालको अर्थतन्त्र, जिडिपीको तहको सुचकांकका आधारमा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न चुनौती रहेको भएपनि यसमा सरकार अत्यन्त्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् ।

नेपाललाई अतिकम विकसित मुलुकमा नै रहँदा त्यसले सबै क्षेत्रमा पार्नसक्ने प्रभावका बारेमा स्वयं प्रधानमन्त्री पनि गम्भीर रहेको उनले बताए । उनले मुलुकको अर्थतन्त्रमा उद्योगको योगदान ४–५ प्रतिशतमा समिति गरेको र यसका कारण जिडिपी बढ्न नसकेको उल्लेख गरे । यस्तो अवस्थामा लगानीको वातावरण बनाउँदै अधिकतम लगानी भित्र्याउन सक्नुपर्ने उनले बताए । 

कृषि दशकको रुपमा सरकारले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ ।