बाढीले पुल भत्काउँदा पठनपाठन बन्द

सुर्खेत - बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ । खोला तर्न नसक्दा विद्यार्थीहरू विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् ।
विद्यालय जाने बीच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो । विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भिउसखोलामा रहेको ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए ।
'पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ', उनले भने । विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख मानबहादुर बस्नेतले बताए ।

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_9MkdicOlPs_bswypni54hlzpol4kljktwzywgzgjdtogvd4vhnzumk2wupi5vztrnh0xx2a.jpeg)
प्रतिक्रिया