एकीकृत समाजवादीको पदाधिकारीको मतदान जारी, कुन पदमा को-को लड्दै छन् ?

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी छान्न चुनाव गरिरहेको छ ।
कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान अहिले भइरहेको जनाइएको छ । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन् ।
थप १७ जना पदाधिकारीमध्ये महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्तीदेवी राई चुनावी मैदानमा छन् भने मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झा मैदानमा छन् ।
यस्तै ४ जना खुला उपाध्यक्षका लागि ११ जना चुनावी मैदानमा छन् । जसमा ललितबहादुर बस्नेत, गंगालाल तुलाधर, भानुभक्त जैसी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद बास्कोटा छन् ।
त्यस्तै चार जना उपमहासचिव पदक लागि १९ जना प्रतिस्पर्धामा छन् । जसमा लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई महेश रेग्मी, देउमान सम्वाहाम्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का रहेका छन् ।
यस्तै दलितर्फको सचिवमा निरादेवी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा छन् । यस्तै आदिवासी जनजाति समुदायबाट बलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ चुनावी मैदानमा छन् ।
त्यसैगरी पाँच खुल्ला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ भने १०५ पोलिटब्युरो सदस्यका लागि २०३ जनाको उम्मेदवारी परेको छ ।
यसअघि असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए । त्यसपछि बसेको केन्द्रीय समिति बैठकले ३४४ केन्द्रीय सदस्य पुर्याएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया