शोक प्रस्ताव पारित

काठमाडौँ- प्रतिनिधिसभा बैठकले पूर्वभूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सभामुख देवराज घिमिरेले शोक प्रस्ताव सर्वसम्मत पारित भएको जानकारी गराए । बैठकमा स्वर्गीय यादवको निधनप्रति एक मिनेट मौनधारण गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विसं २०५६ मा सर्लाही जिल्ला क्षेत्र नं २ बाट निर्वाचित स्व रायले प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य भएर काम गरेका थिए । उनी व्यवस्थापिका संसद् सदस्य पनि रहेका थिए ।
पूर्वभूमिसुधार तथा व्यवस्था राज्यमन्त्री, सरल एवं मृदुभाषी रामचन्द्र राय यादवको ७१ वर्षको उमेरमा मिति २०८१ साल साउन ६ गते आइतबार असामयिक निधन भएको थियो । बैठकले स्वर्गीय यादवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया