अवैध रूपमा ब्राजिलको बाटो हुँदै अमेरिका हिँडेका १७६ नेपाली विमानस्थलमै अलपत्र
सबै नेपाली नागरिक सकुशल : दूतावास

काठमाडौँ- अमेरिका जान हिँडेका १७६ जना नेपाली नागरिक ब्राजिलको साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा अलपत्र परेका छन् ।
दूतावासले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै त्यहाँ अलपत्र परेका सबै नेपाली यात्रुहरू सकुशल रहेको जनाएको छ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ ।
दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रूपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ । सङ्गठित रूपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ । कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।
'यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ,' विज्ञप्तिमा उल्लेख छ, 'अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।'
मानव तस्करको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनु हुन दूतावासले अनुरोध गरेको छ ।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया