अल फेइहामाथि अल नासरको चार गोल

काठमाडौँ- साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ । गएराति भएको खेलमा अल नासरले अल फेइहामाथि ४-१ गोल अन्तरको फराकिलो जित हासिल गरेको हो ।
अल नासरको जितमा टालिस्काले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए । यस खेलमा रोनाल्डोले फ्री-किकबाट गोल गरेका थिए भने एक गोल असिस्ट गरेका थिए । त्यस्तै अल फेइहाका लागि फेसन सकालाले एक गोल गरेका थिए ।
यस सिजनको पहिलो खेल बराबरी खेलेको अल नासरको यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल फेइहले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया