साफ यू-२० च्याम्पियनसिप फाइनल : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ- आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो २:३० बजेदेखि हुने भएको छ । लगातार भइरहेको वर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेल पनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।
नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपाल र बंगलादेश यस प्रतियोगीताको एकै समुह 'ए' मा रहेका थिए । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले अहिलेसम सन् २०१५ र सन् २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बंगलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बंगलादेश अहिलेसम्म सन् २०१७, सन् २०१९ र सन् २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया