भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको रु आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् ।
समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको सो रकम विभिन्न सङ्घ संस्थालाई सहयोग गरिएका जनाइएको छ ।
पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा सङ्कलन भएको रु चार लाख ४९ हजार छ सय ४५ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रु दुई लाख ६८ हजार आठ सय ८५ र दाताहरुले गरेको रु एक लाख ३५ हजार विकास निर्माण, संस्कृति संरक्षण, खेलकुद र स्वास्थ्य क्षेत्रमा परिचालन गरिएको बताए ।
“गाउँभेलाको निर्णयअनुसार सांस्कृतिक कार्यक्रमको पुरस्कार, खयरभारानीको पुजा व्यवस्थापनलगायत शीर्षकमा रु तीन लाख १७ हजार नौ सय ५५ खर्च भएको थियो”, उनले भने, “खर्च कटाएर बेचेको रु पाँच लाख ३४ हजार पाँच सय ७५ विभिन्न सङ्घसंस्था र योजनाका लागि उपलब्ध गराएका हौँ ।”
पाउद्वारको कोतलेखोरेदेखि चिमीका जोड्ने सडक निर्माणका लागि रु दुई लाख ५० हजार, पाउद्वार माविलाई रु ७० हजार, पाउद्वार आमा समूहलाई रु ४५ हजार, भलिबल खेल कोषमा रु ३० हजार, टोलविकास समितिलाई २९ हजार पाँच सय ७५, पुर्ख्यौली नृत्य समूहलाई रु ३० हजार, खयरभारानी युवाक्बलाई रु २५ हजार, गिबाङ टोललाई रु २५ हजार, पाउद्वार ढल निकासका लागि रु २५ हजार र पाउद्वार स्वास्थ्य इकाइका लागि रु १० हजार सहयोग गरिएको तिलिजाले जानकारी दिए ।
खयरभारानीमा यही भदौ ३ गते लागेको जनैपूर्णिमा मेलामा दुई सय ३८ वटा भेडाको पाठा र साढीको बलि चढाएका थिए । खयरभारानीमा मागेको वर पूरा भएपछि भेडाको पाठा र साढ बलि चढाउने चलन छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने बराह शिखर हिमालको फेदमा रहेको खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
प्राकृतिक हिसाबले सुन्दर र रमणीय खयरभारानी ताल, त्यहाँबाट देखिने हिमाल, भेडा र चाँैरीगाईको गोठ र पहाडी भूगोलको दृष्यले पर्यटकलाई लोभ्याएको छ । रासस
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया