अस्ट्रेलियाको बिग बाश लिगको खेलाडी ड्राफ्टमा सन्दीप र ललित पनि

काठमाडौँ- अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ । सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्वजनिक गरिएको छ ।
यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन् । नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीलाई ड्राफ्टमा सामेल गरिएको छ । अब सेप्टेम्बर १ मा यसै सूचीबाट विभिन्न ८ फ्रेन्चाइजीले खेलाडीको चयन गर्ने छन् ।
बिग बास लिगमा खेलाडीलाई चार तहमा बिभाजन गरिएको छ । प्लाटिनममा रहेका खेलाडीले बढीमा ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउछन् भने गोल्डमा रहेका खेलाडीले ३ लाख डलर पारिश्रमिक पाउछन् । त्यस्तै सिल्भरमा रहेका खेलाडीले २ लाख डलर र ब्रोन्जमा रहेका खेलाडीले एक लाख डलरसम्म पारिश्रमिक पाउछन् ।
नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र बिग बाश लिग खेलेका छन् । सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका छन् भने एक सिजन होबर्ट हुरिक्यान्सबाट खेलेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया