धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै रास्वपाको आपत्ति

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ ।
मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । सांसद श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको पाइएको भन्दै खारेजीको माग गरेकी छन् ।
उनले भनिन्- 'विधेयकको अथरमा अमुक ल फर्मको नाम छ । के अर्थ मन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किन्दिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ? यस्तो महत्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि, सरकारले ड्राफ्ट गर्छ कि ल फर्मले ड्राफ्ट गर्छ ? आउट सोर्स गरिएको भए, आउट सोर्सको डक्यूमेन्टेसन चाहियो । यो धितोपत्र सम्बन्धि विधेयक अमुक ल फर्ममा डेभलप गरिएको भए यो खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो ।'
सो विधेयकको प्रपटिजमा पाइनियर ल फर्मको नाम देखाएको र सो ल फर्म पूर्व सभामुख एवं नेकपा एमाले नेता स्वर्गीय नेता सुवास नेम्वाङको हो ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया