बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने ममता बनर्जीको घोषणा

काठमाडौँ - भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको कथित विरोध प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छन् ।
मुख्यमन्त्री बनर्जीले भनिन् ‘आगामी साता संसदको बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी दश दिनभित्र विधेयक पारित गर्छौं । यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ । यदि उनीहरूले विधेयक स्वीकृत गरेनन् भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौं । यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।'
कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको आरोपमा जनताको प्रदर्शन जारी छ भने राज्य सरकारको भूमिकाको आलोचना भइरहेको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया