युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन भण्डारमा आगलागी

काठमाडौँ - युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्रमा रहेको इन्धन भण्डारमा आगलागी भएको क्षेत्रीय गभर्नरले बुधबार बताएका छन् ।
गभर्नर भासिली गोलुवेभले टेलिग्राममार्फत अग्नि नियन्त्रकहरू अझै पनि आगो निभाउँदै गरेको जनाउँदै आगलागीले आवासीय घरहरू जोखिममा नपरेको उल्लेख गरे ।
उनका अनुसार युक्रेनी सीमाबाट करिब २०० किलोमिटर टाढा रहेको छुट्टै युक्रेनी ड्रोन आक्रमणपछि अगस्ट १८ देखि रोस्तोभको प्रोलेटास्र्कमा रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भइरहेको छ।
सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि युक्रेन र रूसले एक अर्काका इन्धन तथा ग्याँस सुविधाहरूलाई लक्षित गरी आक्रमण गरेका छन् ।
यस अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका तेल भण्डारण लक्षित आक्रमण गरेकोमा सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वको ‘न्यायपूर्ण अन्त्य’ हासिल गर्न योगदान पुर्याउने बताएका थिए ।

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया