सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा छैन : देवेन्द्र पौडेल
काठमाडौँ - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पिडा नरहेको बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकारबाट बाहिरिएपछि जनतामा जाने र पार्टी बलियो बनाउने अवसर प्राप्त भएको भन्दै सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पिडा नरहेको बताएका हुन् ।
सत्तामा रहँदा माओवादी पार्टी फुट्ने वा जनताको मत घट्ने देखिएको उनले बताए । उनले जनताको पक्षका मुद्दा र एजेण्डा उठाउनका निम्ति प्राप्त अवसरलाई सदुपयोग गर्ने जिकिर गरे ।
उनले अहिलको अवस्थामा नेपाली कांग्रेसले निष्पक्षता पूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया