खेलको क्रममा मैदानमा लडेका उरुग्वेका डिफेन्डरको निधन

काठमाडौँ - उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ ।
२७ बर्षीय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए ।
खेलको ८४औं मिनेटमा मैदानमा लडेका जुआनलाई तत्काल मैदान बाहिर लगेर एम्बुलेन्सबाट अस्पताल पुर्याइएको थियो । अस्पतालले जुआनको ब्रेन डेड भएका कारण मृत्यु भएको जानकारी दिएको छ ।
जुआनको निधन भएको खबरपछि उरुग्वेको फुटबल फेडेरेसनले यो खबर अत्यन्त दुखद भएको उल्लेख गरेको छ । एसोसियसनले अहिले दक्षिण अमेरिकी फुटबल दुखमा रहेको उल्लेख गरेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया