कुमारी बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट हुने

काठमाडौँ - कुमारी बैंक लिमिटेड र र्याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं)बीच कुमारी बैंक लिमिटेडका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदानगरिने विभिन्न सेवा तथा सुविधाहरूमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग कर्ताले र्याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेस सम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरू सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया