एकीकृत समाजवादीको पदाधिकारीसहितको केन्द्रीय कमिटी बैठक बिहीबार

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार आह्वान गरिएको छ ।
पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने उनले बताए ।
पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरूलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ ।
निर्वाचनका माध्यमबाट पार्टीका १८ पदाधिकारी छनोट गरिएकामा पोलिटब्युरो सदस्य छनोटका लागि मतगणना जारी छ । परिणाम भोलिसम्म बिहान सार्वजनिक गरिने जनाइएको छ ।

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

प्रतिक्रिया