भैरहवा भन्सारले समात्यो ट्रकसहित २१० बोरा चिनी

भैरहवा - भैरहवा भन्सार कार्यालयले अवैध चिनी बरामद गरेको छ । बुधबार राति भन्सार कार्यालयले २१० बाेरा चिनी बरामद गरेको हो ।
लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।
विशेष सूचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपाल तर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो । ट्रक चालक मायादेवी गाउँपालिका २ तुलसीपुरका शिव कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रमुख गौतमले बताए ।
नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा ६ लाख ३० हजार मूल्य बराबरको चिनी र ट्रकको १९ लाख गरि १६ लाख ३० हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
चालकले सोधपुछको क्रममा चामल रहेको बयान दिएपनि सामान चेकजाँच गर्दा चिनी फेला परेको छ । उक्त सामान झुलनीपुरबाट लोड गरि पोखरा लैजाँदै गरेको सोधपुछबाट खुलेको छ उनले बताए ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया