दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको बस दुर्घटना : दुई जनाको मृत्यु, २७ घाइते

नेपालगञ्ज- बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले बताए ।
बस अनियन्त्रित भएको बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । उक्त दुर्घटनामा घाइते भएकाहरूको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया