नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ

काठमाडौँ- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका सञ्चालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् ।
खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्धार समेत गरेको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया