नेपाल एयरलाइन्सका जहाज समयमा नै मर्मत किन गरिएन - मनिष झा

काठमाडौँ - रास्वपा सांसद मनिष झाले अन्य वायुसेवालाई फाइदा हुने गरि नेपाल एयरलाइन्सका जहाज समयमा नै मर्मत नगरिएको हो की भन्ने आशंका व्यक्त गरका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि लामो समयसम्म पनि ल्याउन नसकिएको र अन्य वायुसेवालाई फाइदा हुने गरि चलखेलका आधारमा यस्तो भएको हो की भन्ने आशंका व्यक्त गरे ।
निगमको जहाज सञ्चालन नहुँदा दैनिक पाँच करोड घाटा भएको भन्दै तत्काल यसतर्फ ध्यान दिन उनले आग्रह गरे । उनले निगमको जिम्मेवारी सम्हाल्ने व्यक्ति ज्ञान नभएकाले पनि निगमका धेरै प्राविधिक समस्या आएको हुनसक्ने बताए ।
बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डययन प्राधिकरणका डिजीलाई जोगाउनका लागि रास्वपा लागेको आरोप लगाए । नयाँ आशा देखाएको पार्टीले नै डबल स्ट्यान्डर्डको काम गरेको भन्दै उनले द्वैध चरित्र नदेखाउन रास्वपालाई सुझाव दिए ।
उनले गौरापर्वका अवसरमा टुँडिखेलमा भएको क्रियाकलापप्रति आपत्ति जनाउँदै यसमा प्रतिपक्षी दलका कार्यकर्ताको संलग्नताको आशंका व्यक्त गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया