अमेरिकामा मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकामा नेपाली पत्रकारहरूले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बिर सार्वजनिक भएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले ति व्यक्तिलाई ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको हो ।
ति व्यक्ति मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो । उनीविरुद्ध अहिलेसम्म बयान मात्र लिइएको र कुनै किसिमको मुद्दा दायर भने गरिएको छैन ।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अम्पार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन् ।
नेपालको भोजपुर घर भएकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो भन्नेबारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया