एआईजी ज्ञवालीसहित ५ प्रहरी अधिकारीको रिटमा सर्वोच्चको दुवै पक्षलाई छलफलमा बोलाउन आदेश

काठमाडौँ- सर्वोच्च अदालतले प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै दायर रिटमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । बिहीबार न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो ।
अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । बुधबार एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका थिए ।
आफूहरूलाई पठाइएको अवकाश पत्र उमेर हदको विषयसमेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएकाले उनीहरूले दाबीसहित रिट दायर गरेका थिए ।
प्रहरी अधिकारीहरूले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका थिए ।
यसअघि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश हरि फुँयालको इजलासले उनीहरूलाई अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको थियो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया