नेकपा एसको निष्कर्ष : साना दलको अस्तित्वमाथि आघात पुर्याउने गरी संविधान संशोधन गर्ने कुचेष्टा भयो

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले साना दलको अस्तित्वमाथि आघात पुर्याउने गरी संविधान संशोधन गर्ने कुचेष्टा भएको निष्कर्ष निकालेको छ ।
बिहीबार काठमाडौँमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीले बैठकले साना दलको अस्तित्वमाथि आघात पुर्याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्ममाथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरू प्रकट हुन थालेको भन्दै आपत्ति समेत जनाएको छ ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकतामाथि हुन सक्ने षडयन्त्र र प्रहारप्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गरेको छ । बैठकले मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा विश्लेषण गर्दै समाजवादी मोर्चा नेपाललाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेको छ भने पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गरेको छ ।
विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुल्ला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिष्ट पार्टीहरूका बीच एकता हुने समाजवादीको ठहर रहेका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन भन्ने प्रष्ट अडान राख्दै भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्ने कानुन निर्माण गर्न माग गरेको उनले बताए ।
बैठकले उपनिर्वाचनमा सन्दर्भमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा सबै पदाधिकारी रहेको चुनाव परिचालन तथा व्यवस्थापन समिति गठन गरेको उनले जानकारी दिए ।
केही दिन यता जारी बैठकले पदाधिकारीलाई पूर्णता दिएको छ भने १ सय ५ सदस्यीय पोलिटब्युरो चयन गरेको थियो । बैठकले पार्टीका पदाधिकारीलाई स्थायी कमिटी सदस्य मानेर स्थायी कमिटी गठन गरेको खतिवडाले बताए । बैठकले बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया