चट्याङ लागेर एकको मृत्यु एक घाइते
नारायणगढ (चितवन)- जिल्लाको कालिका नगरपालिका–१० स्थित पाईमराङमा आज दिउँसो परेको चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चट्याङ लागेर पाईमराङका ५० वर्षीय दिलबहादुर प्रजाको मृत्यु भएको छ । घरदेखि एक किलोमिटर पूर्वतर्फ आफन्तको घरमा गएको बेलामा आज दिउँसो ३ बजे उनलाई चट्याङ लागेको थियो ।
त्यसैगरी सोही चट्याङ लागेर सोही स्थानकी २४ वर्षीय सरिता चेपाङ घाइते भएको यादवले जानकारी दिए । घाइते चेपाङको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ । घाइते चेपाङको उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया