देउवाद्वारा कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानुन विभागमा १० सदस्य मनोनीत गरेका छन् ।
सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कांग्रेस कानुन विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका हुन् ।
सदस्यमा मनोनीत हुनेमा शिवराज पाण्डे, कञ्चनपुर, कमलबहादुर खत्री, सुर्खेत, दिपकराज गौतम, दाङ, ध्रुव श्रेष्ठ, सुर्खेत, दुर्गाबहादुर सुनार, कास्की, रामचन्द्र गौतम, रूकुम पश्चिम, खिल गिरी, धादिङ, मन्दिरा शर्मा, काभ्रेपलाञ्चोक, अनिलकुमार कर्ण, धनुषा र शोभा घिमिरे, संखुवासभा रहेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया