सडक अतिक्रमण रोक्न महानगर प्रहरीले गरेका कामको अन्तर्राष्ट्रिय क्षेत्रबाटै प्रशंसा भयो : बालेन शाह
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' ले सडक अतिक्रमण रोक्न महानगर प्रहरीले गरेका कामको अन्तर्राष्ट्रिय क्षेत्रबाटै प्रशंसा भएको बताएका छन् ।
३२ औं महानगर प्रहरी दिवसका अवसरमा काठमाडौँ महानगरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीले गरेको कामको विभिन्न देशका नगरले प्रशंसा गरेको बताएका हुन् ।
दक्षिण एसियामा नै निकै समस्याको रूपमा रहेका सडक व्यवस्थापनको कामलाई व्यवस्थित गर्न निकै समस्या र चुनौती देखापरेको उनले बताए । स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उनले प्रशंसा गरे ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नगर प्रहरीलाई बढुवा तथा सम्मान गरिएको थियो ।

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

प्रतिक्रिया