चट्याङ पर्दा तीन जना गम्भीर घाइते, स्वास्थ्य केन्द्रमा उपचार हुँदै
खोटाङ- गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् ।
डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क पुर्याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।
तीनै जनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए । “चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन् ।
उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्”, उनले भने, “उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ । रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ ।”
चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति गरेको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । “चट्याङबाट घाइते बनेकाहरूको अवस्था सामान्य बन्दै गएको छ । हामी अहिले घाइतेहरूको अवस्था बुझ्न प्राथमिक स्वास्थ्य केन्द्र पुगेका छौँ”, उनले भने, “चट्याङले विद्युत्को मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबललगायतका सामग्री जलेको भन्ने जानकारी फोनमार्फत आइरहेको छ । अब प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्छौं ।”
चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो । अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् । रासस

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_9e10PVHV8h_ryyhbn4wci48potrstufbgcr2gk0ektbaz1sctdraffsarntsihe7aujbz44_mLYhvRfCP5_cwgfysrjxxv5fhmmyy83f0yccfvrcihn4cwhvdhzyp6iouhd1r90rvgvbi41.jpg)
सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

प्रतिक्रिया