शाहरूख बलिउडमा सबैभन्दा धनी, शीर्ष पाँचमा को-को छन् ?

काठमाडौँ- बलिउडमा शाहरूख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडि रहेका छन् । शुक्रबार सार्वजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरूख खानले इन्ट्री गरेका छन् ।
जसअनुसार श्हरूख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरूखले अभिनयबापत कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनी रेड चिलिज रहेको छ भने आइपिएल टिम कोलकोता नाइट राइडर्स समेत रहेको छ ।
त्यस्तै बलिउडमा शाहरूख खानपछि उनकै विजिनेस पार्टनर समेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरूख खानसँग रेड चिलिज र कोलकोता नाइट राइडर्स दुवैमा साझेदारी रहेको छ ।
त्यसपछि बलिउड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा अमिताभ बच्चन रहेका छन् । अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरूमा रणनीतिक लगानी रहेको छ ।
त्यस्तै पाँचौं स्थानमा बलिउडका निर्माता एवम निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन रहेको छ ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_g4VACZqKqB_go5mwgtmt477p6wmey5r07vgz4qjf2fgulerzr9jcdwcgk6uyokexje5qena.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया