शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

बन्‍ने नै हो त सगरमाथामुनी रेलमार्ग ?

तस्बिर : साउथ चाइना मर्निङ पोष्ट

काठमाडौँ : नेपाल र चीनलाई रेलमार्गले जोड्ने विषय लामो समयदेखि बहसमा भए पनि यसले मुर्तरूप पाउन सकेको छैन । चीनको केरुङ आइपुग्‍ने रेललाई  नेपाल ल्याउने भनेको एक दशक हुन लाग्यो । याे विषय बेला-बेलामा चर्चामा आउने तर आफैँ सेलाएर जाने गरेको छ । दुई मुलुकलाई जोड्ने रेलमार्गलाई महत्वाकांक्षी परियोजनाको रूपमा हेरिएको छ । हुन पनि हिमालयन क्षेत्र हुँदै रेलमार्ग निर्माण गर्नु चानचुने कुरा हाेइन ।

त्यसो रेल केरुङ नै कहिले आइपुग्‍ने हो, निश्‍चित छैन । पटक-पटकको बहस र अध्ययनपछि केरुङ-काठमाडौँ रेल जोड्ने विषय उठेको थियो । तर, याे रेलमार्ग निमार्ण गर्न निकै महंगो पर्ने प्रारम्भिक अध्ययनले देखाइसकेको छ । यद्यपि दुई मुलुक जाेड्ने रेलमार्गकाे सपना तुहिसकेकाे भने छैन ।

बरु शनिबार साउथ चाइना मर्निङ पोष्टले ट्रान्स हिमालयन रेलवेका विषयमा रिपोर्ट प्रकाशित गरेकाले यस विषयमा हुने गरेको बहस पुनर्जागृत हुने अनुामन गर्न सकिन्छ । साउथ चाइना मर्निङ पोष्टले नेपाल र चीन जोड्ने विषय उल्लेख गर्दै चीनतर्फ निर्माण गरिने रेलबारे समाचार लेखेकाे छ । त्यहाँ उल्लेख भए अनुसार चिनियाँ अध्ययनले सगरमाथा (चोमोलङ्वा)को छेउबाट नै रेलमार्ग बन्‍न सक्ने भनिएको छ । 

साउथ चाइना मर्निङ पोष्टले हिमालयन क्षेत्रको रेलमार्गमा संलग्‍न एक वरिष्ठ इन्जिनियरलाई हवाला दिँदै भनेकाे छ, 'नेपाल र चीन जोड्ने रेलमार्ग निर्माण गर्न ८ अर्ब डलर लाग्‍नेछ । अनि यो रेलमार्ग चीनतर्फको संरक्षित सगरमाथा राष्ट्रिय निकुञ्‍ज हुँदै बनाउनेबाहेक अर्को सहज विकल्प पनि देखिएको उल्लेख गरिएकाे छ ।' चीनको कानुनले नै वातावरणीय रूपमा संरक्षित क्षेत्रमा ठूला निर्माण गर्न दिँदैन । त्यसकारण रेलमार्ग अर्काे रुट हुँदै पनि बनाउन सकिने र त्यस विषयमा छलफल गर्दै निचोडमा पुग्‍नपर्नेमा जाेड दिइएकाे एक जर्नललाई उद्धृत गर्दै साउथ चाइन मर्निङ पोष्टले जनाएको छ । 

नेपाल र चीनबीच पर्खाल झै रहेको हिमालय क्षेत्रमा विभिन्‍न ६ रुट प्रस्ताव गरिएको र तिमध्ये सगरमाथा राष्ट्रिय निकुञ्‍ज क्षेत्र नै उत्तम रहेको जर्नललाई उल्लेख गर्दै लेखिएको छ । विदेशी सञ्‍चार माध्यममा केही वर्ष पहिले नै चीनले सगरमाथालाई छेडेर नेपाललाई रेलमार्गले जोड्ने सामाचार लेखेका थिए । अहिले जर्नललाई उद्धृत गर्दै चीनतर्फ निर्माण गर्ने भनिए पनि अन्तिम कार्य भनेको काठमाडौँ जोड्ने नै हो । 

अहिले पुनः चीन त्यही कार्यमा अघि बढाएको देखिन्छ । साउथ चाइना मर्निङ पोष्टले त चीन तर्फ रेल निर्माणमा सहमति नै भएको उल्लेख गरेको छ । रेलवेले सगरमाथा  क्षेत्रलाई ३० किलोमिटर लामो सुरुङमार्फत वारपार गर्नेछ । साङ्छी प्रान्तको सियानको चाइना रेलवे फर्स्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुपका प्रमुख इन्जिनियर लियाङ डोङले सहमतिको दस्तावेजमा बताएअनुसार सुरुङको एक तिहाइभन्दा धेरै भाग चीनतर्फकै सगरमाथा राष्ट्रिय निकुञ्‍जको मुख्य संरक्षित क्षेत्रमा पर्छ र त्यो पूरै भूमिगत रहने पनि उल्लेख छ । 

हिमालयन सुरुङको नामले चिनिने सुरुङ हिमालय क्षेत्रमै पहिलो सुरुङ बन्‍ने भनिएको छ । यसले तिब्बतको रिकाजेदेखि सीमावर्ती सहर गिरोङ हुँदै नेपालको काठमाडौँलाई जोड्ने पनि रिपोर्टमा उल्लेख छ । लियाङका अनुसार यो रेलवे रुट ५ सय १३ किलोमिटर लामो हुने र त्यसका लागि ९८ दशमलव २७ बिलियन अमेरिकी डलर खर्चिनुपर्ने उल्लेख छ। 

लियाङका अनुसार चुनौतीलाई समेत उल्लेख गरिएको प्रस्ताव नेपाल र चीन सरकारसमक्ष बुझाउने तयारी भएको जनाइएको छ । अध्ययन समितिले चिनियाँ सरकार र नेपाल सरकारलाई बुझाउने भने पनि चिनियाँ अधिकारीहरूले भने प्रतिवेदन पाइसकेका छन् । नेपाल चीन जाेड्ने रेल परियाेजनाकाे विराेध भारतले गर्ने अपेक्षा गरिएकाे पनि साउथ चाइना मर्निङ पोष्टले लेखेकाे छ । नेपाल भारतको प्रमुख व्यापारिक साझेदार रहेकाे अवस्थामा रेलमार्गले चीनलाई नेपालकाे प्र‍मुख व्यापार बनाउने सम्भावना रहेकाले विरोध हुने अनुमान गरिएको रिपाेर्टमा लेखिएकाे छ । 

नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको रणनैतिक ‘बफर जोन’को रूपमा रहेकाले पनि यस रेलमार्ग निमार्णकाे विषय अन्तराष्ट्रिय राजनीतिकाे विषय बन्‍ने साउथ चाइना मर्निङ पोष्टकाे अनुमान छ । आणविक शक्ति सम्पन्‍न यी दुई उदाउँदा मुलुकबीचको सीमा विवाद र सीमामा तैनाथ सैनिक र अधिकारीको ज्यानै जाने हदसम्म पुग्दा नेपाल यी दुई मलुकका लागि सामरिक महत्वको मुलुकका रूपमा पनि हेरिन्छ । नेपालमा भारतीय प्रभाव रहेको चीनको बुझाइ छ । त्यही कारण बेइजिङ र काठमाडौंबीच रेलवे बनाउने सम्झौतामा हल्ला भएको एक दशक र हस्ताक्षर भएको ६ वर्ष हुँदासम्म काम अघि बढेको छैन । 

जर्नलमा उल्लेख भएका ६ रुट बाहेक अन्य रुट सहज नरहने हुनाले बाँकी प्रस्तावहरू अघि नबढेको हुनसक्ने लियाङको अनुमान छ । रद्द गरिएका केही प्रस्तावित रुटले राष्ट्रिय निकुञ्‍जलाई पूर्ण रूपमा बाइपास गर्न त सक्छ त्यसको लागत र रुट फरक हुने भएकाले त्‍यसमा ध्यान दिइएर यो रुट प्रस्ताव गरिएको पनि भनिएको हो । 

वातावरणीय हिसाबले यो रुटमा रेलमार्ग निर्माण गर्न सहज छैन । तर पनि भूमिगत रेल बनाएर जोडिन आवश्यक रहेकाले त्यसमा नेपाल र चीन अग्रसर हुनुपर्ने देखिने छ । यदि यो प्रस्ताव स्वीकृत भयो भने हिमालयन सुरुङको निर्माण चुनौतीपूर्ण त छँदैछ त्यो भन्दा पनि उर्जा भनेको नेपाल र चीनको व्यापार विस्तार नेपालको आर्थिक वृद्धिदर उत्साह जनक रहने र नेपाललाई पनि फाइदा हुने दाबी रिपोर्टको छ । चीनले नेपाललाई दक्षिण एसिया प्रवेशको द्वार भनिरहँदा पनि त्यो रेलमार्गले यसलाई समर्थन गरिरहेको हुन्छ । 

परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन गरिरहेका लियाङका सहकर्मी इन्जिनियर काङ शुआनका अनुसार यदि यो सुरुङ निर्माणको क्रममा संरक्षित क्षेत्र, खासगरी कोर क्षेत्रमा देखिने प्रभाव पर्यो भने यो कानुनको उल्लंघन हुने पनि भनिएको छ । १३ किमी बाटो दुर्लभ वनस्पति र लामो पुच्छर भएको लंगुर, हिउँ चितुवा जस्ता दुर्लभ जनावरहरू पाइने कुरा स्पष्ट छ । 

वातावरणीय प्रभावको अनिवार्य मूल्यांकन गरिनुपर्छ र यहाँ निर्माणको क्रममा हुन सक्ने सम्भावित क्षति रोक्न प्रभावकारी कदम उठाइनुपर्ने पनि उल्लेख दस्तावेजमा छ । अनुसन्धानकर्ताहरूले सुरुङले त्यस क्षेत्रमा दीर्घकालीन प्रभाव पार्न सक्ने र कहिलेकाहीँ जमिनमुनि भएको परिवर्तनले सतहको वातावरणलाई अर्कै बनाउँदै  हिमालयन जोखिम थपिन सक्ने उल्लेख छ । 

भारत चीन सीमामा भूमिगत बुलेट ट्रेन 

चीनले शुक्रबारदेखि तिब्बतमा एक भूमिगत बुलेट ट्रेन सेवा सुरुवात गरेको छ । यो रेल सेवा तिब्बतको राजधानी ल्हासा र निंगचीको बीचबाट सुरुवात भएको हो । सिचुआन-तिब्बत रेलवे मातहतको यो विद्युतीय रेल भारतको अरुणाचल प्रदेश नजिकैबाट कुद्‍ने सिन्ह्वाले जनाएको छ। यसको पूरा रुट ४ सय ३५ दशमलब ५ किलोमिटरको छ ।

गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा नयाँ रेल परियोजना निर्माणको विषयमा निर्देशन दिएका थिए । यो रेलले भारतसँगको सीमा नजिक सुरक्षा र स्थिरताको लागि महत्वपूर्ण भूमिका खेल्ने चिनिया विश्लेषकहरूले जनाएका छन् । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता