उपत्यकाका नदी-खोलामा बढ्यो पानीको सतह, खोला किनारका बस्ती जोखिममा

काठमाडौँ : मनसुनी वायुको प्रभावले शनिबार संघीय राजधानी काठमाडौँ लगायत मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । शुक्रबार साँझदेखि नै काठमाडौँ लगायत मुलुकका कतिपय स्थानमा भारी वर्षा भएको हो ।
वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।
त्यसैगरी काठमाडौँको बागमती, विष्णुमति नदीको पानीको सतह पनि बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाडौँका विभिन्न नदी र खोलाको पानी बाहिरिने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।
काठमाडौँ ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका बस्तीहरू जोखिममा परेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भू-भागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आग्रह गरिसकेको छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया