भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो

पोखरा - गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा अब ९ मन्त्रालय हुने भएको छ ।
हालको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । गण्डकीमा सत्तासाझेदार दल एमालेसँग भागबण्डामा कुरा नमिलेपछि सरकारमा नगएकोले मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा मन्त्रालय दिने भएका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारबाट नहटाउने अडान राख्दा पनि एमाले सरकारमा जान आनाकानी गरिरहेको छ ।

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया