शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

बागलुङ दुई बालिका चार दिनदेखि बेपत्ता

फाइल फाेटाे

बागलुङ - बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई बालिका चार दिनदेखि बेपत्ता भएका छन् ।

रेशको नुन्थला माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते बिहानदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराज कँडेलले बालिकाकोको खोजीका लागि प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाइएको जानकारी दिए ।